समाजवादी मोर्चालाई सक्रिय बनाउन बालुवाटारमा छलफल

समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी घटक-दलहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिएका छन् । ‘समाजवादी मोर्चालाई सक्रिय बनाउने, व्यवस्थित बनाउने र मोर्चालाई देशभर विस्तार गर्ने विषयमा सैद्धान्तिक छलफल भएको छ, छिट्टै अर्को बैठक…