नेपाल-भारत सीमा समन्वय समितिको बैठक कञ्चनपुरमा सम्पन्न भएको छ । बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी थिए । बैठकको सहअध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका…