नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताउनुभएको छ । संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि सोमबार (१४ वैशाख) दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उहाँले सत्तामा रहेकालाई सही काम गर्न सशक्त भूमिका निर्वाह गरिने बताउनुभयो । संसदीय दलको नेताका हैसियतमा आफूले त्यो भूमिकालाई थप प्रभावकारी बनाउन लाग्ने…