संसदीय दलको नेतामा पनि देउवा सुनिश्चित

नेपाली काङ्ग्रेस संसदीय दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्ने प्रयास भएको छ । त्यसनिम्ति रामचन्द्र पौडेललाई मनाउन कोइराला पक्षकै केही नेताहरू लागिपरेका छन् । पौडेलनिकटका सूत्रहरूले जनाएअनुसार रामचन्द्र पौडेल आफैँ दलको नेता बन्न चाहनुहुन्छ र आफूलाई सभापति शेरबहादुर देउवाले पनि छोडिदिनुपर्छ भन्ने उहाँको चाहना छ । आफूलाई संसदीय दलको नेता बनाइँदा पार्टीको एकता बलियो हुने…