गोर्खा लाहुरेको झल्को दिने सालिक स्थापना

बुटवल उपमहानगरपालिका–१५ नयाँगाउँ सालघारी चोकमा लाहुरेको झल्को दिलाउने गोर्खा सैनिकको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ । पूर्वगोर्खासैनिकहरूको बाहुल्य रहेको सो क्षेत्रमा गोर्खा सैनिकको भूमिका स्मरण गराइराख्न र तिनको सम्मानार्थ सालिक स्थापना गरिएको हो । विश्वको इतिहासमा गोर्खा सैनिकले खेलेको बलिदानीपूर्ण भूमिका एवम् साहसिक नेपालीका गौरव र शानलाई उँचो राख्न सो मूर्ति निर्माण गरिएको नेपाल भूपू…