बागमतीमाथि यसरी हुँदै छ बलात्कार, भूमाफियाको अतिक्रमणमा यूएन पार्क

सफाइ अभियान सञ्चालन भएपछि ‘ढलमती’बाट बिस्तारै पूर्वस्वरूपमा रूपान्तरित हुन लागेको बागमती नदीमाथि फेरि अर्को वित्यास आइलाग्न थालेको बुझिएको छ । बागमती किनारका जमिन पछिल्लो समय भूमाफियाको कब्जामा पर्न थालेपछि यस्तो अनुभूति गरिएको हो । नदी स्वच्छ बनाउने, दुवै किनारतर्फ ढल बिच्छ्याउने, पार्क तथा सडक बनाउने अभियानकै क्रममा नदीको जग्गा भूमाफियाको कब्जामा पर्न थालेको हो ।…