समसामयिक राजनीति र बजेटबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज (२१ वैशाख) बस्दैछ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । file photo