प्रतिनिधिसभाको आज (१६ वैशाख)को बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने धारणा राखे । शिक्षकहरु…