सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालका सबैखाले सञ्चार संस्थालाई मर्यादित र जनताप्रति थप उत्तरदायी बनाउने नीति सरकारको रहेको जनाएका छन् । नेपालगन्जस्थित रेडियो कृष्णसार एफएमको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले सञ्चारसंस्था जनमुखी भएनन् भने यसले समाजमा अराजकता निम्त्याउँछ, त्यसैले सबै सञ्चार संस्थाको अनुगमन र नियमन आवश्यक छ भन्ने धारणा सार्वजनिक गरेका…