पश्चिम नेपाललगायत स्थानमा केही समयको भ्रमण पूरा गरी राजा ज्ञानेन्द्र शाह आज (२५ फागुन) काठमाडौं फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राप्रपालगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै राजसंस्थाप्रति झुकाव राख्ने राजासमर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई भव्य रुपले स्वागत गरेका थिए । राजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो…