ओलम्पिकमा श्रेष्ठलाई ‘स्वर्ण’, सिलवालाई ‘सिल्भर’ र वैद्यलाई ‘ब्रोन्च’ !

टोेकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीहरूको प्रदर्शन सहभागितामै सीमित रहे पनि ओलम्पिक कमिटीका पदाधिकारी र ‘सेभ द मिसन’ राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले गैरजिम्मेवार कार्य गर्दै ओलम्पिकमा नौलो कीर्तिमान कायम गरेका छन् । सो गैरजिम्मेवारी कार्य गरेर कीर्तिमान कायम गरेवापत एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ‘स्वर्ण’, सदस्यसचिव सिलवालले ‘सिल्भर’ र लियाजो चतुरानन्द वैद्यले ‘ब्रोन्च’ पदक जितेका छन्…