गृहनगरमा नगद ५५५५ सहित दोहोरो स्वर्णधारी मन्डेकाजी सम्मानित

मध्यपुरथिमि नगरपालिकाले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई नगद रु. पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्डेकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । भव्य नगरपरिक्रमापछि सम्मान गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मन्देकाजीले नेपाली खेलकुदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै…