पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्न सफल भयो । पोखरा रङ्गशालाको खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरको खेलमा सात विकेट गुमाएर १५०…