इन्डोनेसियामा हुने १५औँ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन् । नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म हुनेछ…