एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक एक रजतसहित १४ पदक जित्न सफल तेक्वान्दो खेलका खेलाडी यतिबेला दक्षिण कोरियामा विगत तीन महिनादेखि वैदेशिक प्रशिक्षणमा छन् । इन्डोनेसिया एसियाडमा सम्भावित पदक जित्ने खेलको पहिलो नम्बरमा रहेको तेक्वान्दो खेलको आगामी १८औँ एसियाडमा कस्तो प्रदर्शन गर्ला त्यो अहिले चासोको विषय बनेको छ । प्राप्त जानकारीअनुसार यसपटक तेक्वान्दोको वैदेशिक प्रशिक्षण निकै उत्कृष्ट…