नेपाली र भारतीय पहलमानबीच भिडन्त

रुपन्देही । भैरहवाको अञ्चलपुरमा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा भएका कुस्ती खेलमा भारतीय पहलमानमाथि नेपालका पहलमानहरु हावी भएका छन् । आइतबार पुरुष कुस्तीतर्फ गोरखपुरका अनिललाई नवलपरासी पिपरहवाका इन्द्रकेशले पराजित गरेका छन् । कानपुरका बजरंगीलाई नवलपरासीकै वैजनाथले जितेका छन् । यस्तै महाराजगंजका राजेशलाई नवलपरासी पिपरहियाकै इन्द्रकेशले हराएका छन् । लखनउका धर्मवीरलाई…