युवराज लामा र स्मृति कोइरालाले प्रथम बृहत् राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको फाइनलमा प्रदेश ३ का युवराजले प्रदेश १ का प्रेम लिम्बूलाई १२–१० र ११–७ को सोझो सेटमा पराजित गरेका हुन् । प्रदेश १ का छत्रबहादुर…