खेलकुद र शिक्षाका काम गर्न सिओलमा सम्झौता

नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)र अम होङ गील फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरिया सिओलस्थित विश्व तेक्वान्दो महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजुदूत अर्जुनजंग बहादुर सिंहलगायतको उपस्थिति रहेको…