अन्तरविद्यालय बास्केटबलमा स्काइलार्क र निम्सलाई उपाधि

स्काइलार्क र आयोजक निम्सले सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । स्काइलार्क ब्वाइज तथा निम्स गल्र्समा च्याम्पियन बनेका हुन् । टोखास्थित आयोजक निम्सको कोर्टमा भएको ब्वाइज फाइनलमा स्काइलार्कले रेडिअन्टलाई ५२–४४ ले पराजित गरेको हो । स्काइलार्कका सुनील मगरले २८ अंक जोडेका थिए । गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले श्रीदिवालाई २७–१९…