राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको कानुनी सल्लाहकारको जिम्मेवारीमा रही ‘वादी र प्रतिवादी’ दुवै भूमिका निभाएर विवादित पात्र बन्न पुगेका ओम थपलियाले कथित ‘डोपिङ विशेषज्ञ’ बनेर फेरि नौलो ‘कीर्तिमान’ कायम गरेका छन् । सर्वोच्च अदालतद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीमार्फत डोपिङसम्बन्धी एक कार्यक्रममा डा. सरोजकृष्ण श्रेष्ठसँगै थपलिया भुटानको थिम्पु लागेपछि उनको थप ‘विशेषज्ञता’ प्रमाणित…