सिकागोमा ट्रम्पविरुद्ध ऱ्याली

अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौँले प्रदर्शन गरेका छन् । आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्र्याट पार्टीका समर्थकले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘नीलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘महिलाविरोधी एजेण्डा’ बोकेको राष्ट्रपतिका रूपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए…