हस्तकला उद्योगको वार्षिक कारोबार करिब १० अर्ब

एसिया प्रशान्त क्षेत्रको हस्तकलाको विकास र विस्तारका लागि एसियाका हस्तकला व्यवसायी काठमाडौंमा भेला भएका छन् । राजधानीमा बिहीबारदेखि शुरु भएको विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको ३७औँ साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा विभिन्न १६ मुलुकका कालीगढ तथा कलाकारले आ–आफ्ना मुलुकका कला, संस्कृतिसँग हस्तकला र वास्तुकलाका सामग्रीसहित उनीहरू भेला भएका हुन् । नेपाल हस्तकला महासंघको संयोजनमा…