सुनसहित भुटानी नागरिक पक्राउ

अवैध रुपमा लैजान लागेको १५७.३२ ग्राम सुनसहित प्रहरीले एक भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेका छन् । भुटानतर्फ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान…