संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

संघीय संसद्को शुक्रबारको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाको शुक्रबार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत…