आइएमई प्रिभिलेज कार्डवाहकलाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र टोखा नगरपालिका–८, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने छन् । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागु हुने प्रष्ट्याइएको छ । बताइएअनुसार चिकित्सकीय परामर्शलगायत विभिन्न दश प्रकारका…