मुख्यमन्त्री राई भन्छन्– संघीयता सफल बनाउनु अहिलेको पहिलो आवश्यकता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज बुधबार विराटनगरमा आयोजित प्रदेश १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य रहेको बताए । उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा…