सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ । युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् । बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३का वडाध्यक्ष बलबहादुर ऐरलगायत आठजनालाई केही समय नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।…