स्तनपान गराउँदा जलिन् लक्ष्मी, यस्तो छ उपचारको अभियान

अँध्यारोमा टुकीको सहारामा थिइन् लक्ष्मी करुवा, साथैमा उनका श्रीमान राजेश र उनीहरूका एक ६ महिने बालक । झुलभित्र सुतेकी लक्ष्मीले टुकीको सहारामा नानीलाई स्तनपान गराउँदै थिइन् । अकस्मात लडेको टुकीभित्रको मट्टीतेल लक्ष्मीको जिउमा खनियो । त्यति मात्र होइन, तेलसँगै बलिरहेको आगो पनि खनिएपछि लक्ष्मीलाई ठूलो सङ्कट आइलाग्यो । विर्तामोडस्थित कञ्चनजंघा हस्पिटलमा उपचाररत लक्ष्मीका श्रीमान राजेशले…