विदेशमा रहेकालाई मतदान व्यवस्था गर्न माग

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गर्नुपर्ने माग गरिएको छ । राजधानीमा विहिबार आयोजित मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम) नामक संस्थाले आयोजना गरेको 'आप्रवासी कामदारको मतदान अधिकार' विषयको छलफल कार्यक्रमका सहभागीले अहिलेको निर्वाचनमा विदेशमा रहेका नेपाली मतदान गर्नबाट छुटे पनि अब पाँच वर्षपछि हुने निर्वाचनमा सहभागी…