भारतीय मिडियामा छायो प्रधानमन्त्रीको भ्रमण

प्रधानमन्त्री केपी ओलीको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको सन्देशसहितका समाचार भारतीय मिडियाहरुले प्रवाह गरेका छन् । ओलीको राजकीय भारत भ्रमण र उहाँका समकक्षी नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ताको समाचारलाई भारतका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिएको राससका प्रतिनिधिले नयाँदिल्लीबाट समाचार सम्प्रेषण गरेका छन् । समाचारमा जनाइएआनुसार भारतका ठूला दैनिक पत्रिकामा आइतबारको फुर्सदिलो विशेष पृष्ठ प्रकाशन हुने गरे…