फाउन्डेसनद्वारा तमघासमा शिविर

मानबहादुर, मायाँदेवी श्रेष्ठ फउन्डेसनले गुल्मीको सदरमुकाम तमघासमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौं उपत्यकाको चर्चित विशेषज्ञ टोली तमघास पुर्‍याएर आयोजना गरिएको शिविरमा नौ सय ५० जना बिरामीले नि:शुल्क परीक्षण र औषधि पाएका थिए । नर्भिक, पाटन, वीर अस्पतालबाट विज्ञको टोली तमघास पुगेको थियो । यूएसको मिचिगन सहरमा चिकित्सक पेसा गर्दै आएका डा. सन्दीप कुँवरले…