प्रत्येक वर्ष सप्तरीको तिलाठी, सकरपुरा, लौनियाँलगायतका स्थानमा खाँडो र त्रियुगा नदीको पानीले दुःख दिँदै आएकोप्रति सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् । सप्तरीको राजविराजमा आयोजित समुदायको सहभागितामार्फत जलस्रोत कूटनीति निर्माणका लागि आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा वर्षौंदेखि नेपाली भूभाग डुबानमा पर्दा नेपाल र भारत दुवै पक्षले हालसम्म कुनै ठोस कदम चाल्न नसकेको भन्दै दुवै मुलुकको कूटनीतिज्ञ…