चन्द्रागिरी केवुलकारमाथि बक्रदृष्टि किन ?

– बद्रीनाथ श्रेष्ठ, सतुङ्गल, काठमाडौं राजधानीको दक्षिणी भागमा थानकोटमाथि अवस्थित चन्द्रागिरि डाँडोको रौनक यतिबेला बेग्लै छ । इतिहास केलाएर हेर्दा यस डाँडामा रहेको इच्छापुरेश्वर महादेवको दर्शन गरेर इतिहास–पुरुष राजा पृथ्वीनारायण शाह काठमाडौं उपत्यका ओर्लिएर उपत्यका विजय हासिल गरेको पढ्न पाइन्छ । ऐतिहासिक दृष्टिले मात्र नभई धार्मिक हिसाबले पनि महत्वशाली यो स्थल प्रकारान्तरले अहिलेसम्म ओझेलमै थियो…