राणा–काङ्ग्रेस संयुक्त सरकारबाट बीपीको राजीनामा

– स्वयम्भूनाथ कार्की २००७ सालको क्रान्तिको उपलब्धि भने पनि विसर्जन भने दिल्ली सम्झौता थियो । दिल्ली सम्झौताका विषयमा किताबमा जति पनि स्थानमा प्रसङ्ग छन् ती सबैजसो स्थानमा बीपीले दिल्ली सम्झौतालाई काल्पनिक भनेका छन् । तर, त्यही काल्पनिक सम्झौताका आधारमा नेपालमा मोहनशमशेरको श्री ३ खोसिएको थियो । नेहरूको गुरुयोजनामा क्रान्तिपछिको सरकार बनेको थियो । राणातर्पmको मन्त्रालय…