– स्वयम्भूनाथ कार्की जहानियाँ राणाशासन नै एक मात्र यस्तो प्रणाली थियो जसमा राजाको वंश परम्पराको समानान्तर प्रधानमन्त्रीको परिवार परम्परामा शक्ति हस्तान्तरण हुन्थ्यो । सामान्यतया राजसंस्थामा एकै पिँढीमा दुईले गद्दी आरोहण गर्दा पहिलोको अन्य सबै उत्तराधिकारी नभएको अवस्था हुनुपर्ने हुन्छ । तर, राणहरूको जहानियाँ शासनमा भने रोलक्रम राखेर एक पिँढी नसकिउन्जेल अर्को पिँढीमा उत्तराधिकार जाँदैन थियो…