जापानी प्रधानमन्त्रीको कार्यलयनजिकै एक सर्वसाधरणले गरे आत्मदाहको प्रयास

जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयनजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले भने टिप्पणी गर्न अस्वीकार गरेको बताइएको छ । टिभी असाहीले उल्लेख गरेअनुसार ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेका थिए ।…