गढीमाईको राँगा, माङ्सेबुङको चामल र हङकङको कुखुरा

-प्रदीप कन्दङ्वा (लिम्वू) बाह्र वर्षे गढीमाई मेला र त्यसको उत्कर्षित भयानकताबाट विक्षिप्त मथिङ्गल घुमिरहेको छ फनफनी, यस्तरी कि मानौं, अब बिनारगत तिर्खा स्वयं तिर्खाइरहन्छ अर्को बाह्र वर्ष । यो वैज्ञानिक चमत्कारको युग, यो प्रविधि र आविस्कारको युग, यो साइबरकृत विश्वग्राम खै के गरी मानौं, सबै राँगाहरु नतमस्तक छन् । पशुहरु सबै अवाक् छन् । सभ्यता…