पत्रकार अनुप अब गायक पनि

पत्रकार अनुप ओझा गायक छविसाथ प्रकट भएका छन् । उनी पहिलो गीत ‘वारिको डाँडामा म...’ लिएर श्रोतामाझ आएका छन् । उक्त गीत युट्युबमार्फत शनिबार सार्वजनिक भएको हो । अनुपले नै लेखेको र अनि सागर राजले संगीतबद्ध गरेको गीतको भिडियो द नेक्स्टले बनाएको हो । अनुपका अनुसार उक्त गीतले दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको छ…