क्यान्सरको घातक प्रहारबाट जोगिएर नियमित जीवनचर्यामा अभ्यस्त बन्न पुगेकी प्रख्यात वलिउड अभिनेत्री मनीषा कोइराला आफ्नो ‘दोस्रो जुनी’लाई अथक रूपले कर्ममा समर्पित गर्न चाहन्छिन् । अब फिल्मप्रति पूरै समर्पित भएर अघि बढ्ने योजनामा रहेकी मनीषा ‘डियर माया’ नामक फिल्ममार्फत पुनर्वापसी गर्दै छिन् । ‘डियर माया’ मनीषाकै जीवनसँग मिल्दोजुल्दो कथामा बनेको फिल्म हो, जसमा उनले क्यान्सरसँगै झेलेका,…