नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घ आफ्नो दोस्रो केन्द्रिय अधिवेशनको सङ्घारमा छ । आगामी शुक्रबारदेखि (माघ २१, २२ र २३) आइतबारसम्म राजधानीमा आयोजना हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने भएकोले कला क्षेत्रमा क्रियाशील काङ्ग्रेसनिकट सङ्घका सदस्यहरूबीच भावी नेतृत्व चयनको सरगर्मी बढेको छ । हालसम्म तिर्थ थापा सभापति रहेका सांस्कृतिक सङ्घको नेतृत्व लिन सुपरिचित…