स्वतन्त्रता सबैलाई प्यारो लाग्छ । त्यसैकारण हामी अधिकार, कानुनी शासन, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता आदिका कुरा गर्छाैं । प्रजातन्त्रको विकल्प हुँदैन भन्छौँ । आफ्नो चेतनाको स्तर र विवेक प्रयोग गरी सही ठानिएको कार्य सम्पन्न गर्नु नै वास्तवमा स्वतन्त्रता हो । कसैको पनि दबाब वा बन्धनमा परियो भने मानिसले स्वतन्त्रतापूर्वक कार्य गर्न सक्दैन । बाध्यतामा परेर गरिएको…