राष्ट्रियताको नाममा पितृसत्ता -बबिता बस्नेत

नेपाली समाजमा छोरीलाई हेर्ने दृष्टिकोणको कुरा गर्न यहाँ धेरै उदाहरण दिइरहनु आवश्यक छैन, घरपरिवारमा हुने सानातिना झैं लाग्ने तर गम्भीर असर गर्ने प्रकारका अनेक विभेद कायम छन् । घरेलु हिंसादेखि लिएर लैङ्गिक हिंसाका विविध रूपहरू पनि हामीसामु छँदै छन् । तर, अहिले यो मुलुकमा आर्श्चर्यजनक कुरा के भएको छ भने एक्काइसौँ शताब्दीको 'गणतान्त्रिक नयाँ नेपाल'को…