सुझबुझ र क्षमताको परीक्षा

प्रधानमन्त्री पदका लागि संसद्मा भएका निर्वाचन १६ पटक परिणामविहीन भई अन्योलग्रस्त बनेको मुलुकको राजनीति सर्वोच्च अदालतले दिएको एक फैसलाका कारण तरङ्गित बनेको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्विरोध निर्वाचित गर्नुपर्ने माग राखी परेको रिटमा सर्वोच्च अदालतले जारी निर्वाचन प्रक्रियाको व्यवस्थामा पुनरि्वचार गर्न र चुनावलाई परिणाममुखी बनाउन गत साता सभामुख र व्यवस्थापिका संसद्को ध्यानाकर्षण…