मैले जीवनभरिको कमाइले यो शहरमा एउटा सुन्दर घर बनाएँ र सबैले तारिफ गरे- "वाह, क्या विशाल घर !" मैले रात-दिन मेहनत गरेर अकूत धन-दौलत जोडेँ र एउटा कार किनेँ सबैले ताली पड्काए- "वाह, क्या शानदार कार !" सधैँ एकोहोरो लागिरहेँ र थुप्रै धनार्जन गरेँ सबैले भने- "वाह, कति धेरै सम्पत्ति !" मैले बहुमूल्य लुगा-गहनाले आफूलाई…