(कविता)बेपत्ता माइला- एस. के. पूर्बेली

हाम्रो देशको माइला बेपत्ता भएछ कसैले देख्नु भए खबर गरिदिनू बिचरा माइला ! के के न गर्छु भन्थ्यो गर्न त धेरै नै गरेको थियो, कहिले ठूलादाइ कै वंश नाश ग-यो हजारौँ निर्दोष जनताको छातीमा गोली नै ठोक्यो सयौँ नागरिकहरुको बेपत्ता नै बनायो तर पनि सोँचे जति गर्न सकेन, सायद यही अभिषापले पो हो कि ?…