-श्रीविक्रम भण्डारी निकट भविष्यमै चीनको ग्वाङझाउ सहरमा आयोजना हुन गइरहेको १६औं एसियाली खेलकुद प्रतियोगितामा बुद्धिचाललाई समावेश गरिएको छैन । शुभारम्भमा राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा बुद्धिचाललाई नराख्ने निर्णय गरेको थियो । पछि सम्भावित पदक जित्ने खेलको रूपमा बुद्धिचालको चर्चा चलेपछि एसियाली खेलकुद प्रतियोगिताका संयोजक तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनको आग्रहमा दुईजना खेलाडीलाई राख्ने निर्णय गरिएको थियो…