इरानी महिलाको मृत्युदण्ड रोक्ने अभियान

लण्डन । सकिनेह् मोहम्मादी अशतियानी नाम गरेकी दुर्इ बच्चाकी आमा, इरानी महिलालाई झुण्ड्याएर मृत्युदण्ड दिने हाल विश्वका मुख्य समाचारहरुले प्रकाश गरेका छन् । तिनलाई सन् २००६ मा परपुरुषसँग अवैध सम्बन्ध राखेको अपराधमा ढुंगा प्रहार गरेर मार्ने सजाय दिएपछि विश्वभरिका मानवअधिकारवादीहरुको ध्यान आकर्षित भएको थियो । यो घटना तिनको श्रीमान मरेपछि दुर्इजना पुरुषहरुसंग सम्बन्ध राखेको आक्षेप…