ब्युटीपार्लर व्यवसाय गर्दै आएकी एक युवतीलाई गत जेठ २८ गते सामुहिक बलात्कार गर्ने अभियुक्तहरु दोषी प्रमाणित भई जेल चलान गरिएका छन् । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा घटेको उक्त बलात्कार घटना सम्बन्धमा सोही इलाकाका चार युवाहरुमाथि अनुसन्धानात्मक कारवाही अघि बढाइएको थियो । प्रहरीसमक्ष सहजै अपराध स्वीकार गरेका चारै बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान…