प्रचण्डबारे नक्सलवादीद्वारा खुलासा

के नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झारखण्ड (भारत)को जङ्गलमा हतियार चलाउनेदेखि ‘नक्सली’ सञ्जाल निर्माण गर्ने तालिम लिएका थिए ? राँचीमा उत्पात मच्चाइरहेका ‘नक्सली’हरूको ठूला कमान्डरमध्येका प्रमुख एक कुन्दन पाहनले भारत सरकारसमक्ष हालै आत्मसमर्पण गरेपछि भारतीय मिडियाले उपरोक्त सवाल तेस्र्याउँदै समाचार प्रकाशित गरेका छन् । कुन्दनले आफू प्रहरी नियन्त्रणमा परेलगत्तै दिएको बयानमा सन् २००० मा प्रचण्डले…