सीमावर्ती विहार राज्यको मधुवनी जिल्लाअन्तर्गतको सौराठमा मिथिलाञ्चल खासगरी ब्राह्मण समाजको विवाहको एउटा अदभूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्छ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्छ । बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर सजाउँछन्…