‘पान्डाल’ भत्किँदा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते

भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा आज (आइतबार) अपरान्ह एक धार्मिक कार्यक्रम आयोजन भइरहँदा एक्कासी हावासहित परेको वर्षाका कारण ‘पन्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा परेर २५ जना घाइते भएका एएनआईले जनाएको छ । धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना (टेन्ट) भत्किएर निम्तिएको दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा…