ब्राजिलको साओ पाउलोनजिकै रहेको एक विद्यालयमा गोली चल्दा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ । साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले दिएको जानकारीमा भनिएको छ– सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दुकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।…